बुटवल,३१ असार ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी लुम्बिनी प्रदेशले हातपारेकाे छ ।
११ स्वर्णसहित लुम्बिनीले ऐतिहासिक सफलता प्राप्त गरेको हो । १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनीले १६ स्वर्णसहित ११ रजत र ११ कास्य पदक पाएर प्रथम भएको हो ।

त्यस्तै वाग्मती प्रदेशले स्वर्ण १६, रजत ९ कास्य २० गरि दोस्रो र सुदर पश्चिम ८ स्वर्ण ,९ रजत र ८ कास्य पदक पाएर तेस्रो भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचीव जय प्रकाश भट्टराईले जानकारी दिए ।

भट्टराईले कार्यकालको पहिलो बर्षमै ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएकोमा सबैलाइ खुसी बाँढ्ने बताए ।

एथ्लेटिक्स र कबड्डी खेलमा पनि १५ स्वर्ण जित्न सफल भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरिष ओलीले बताए । बिजेतालाइ आज काठमाडौं दशरथ रंगशालामा समापन समारोहका बिच सम्मान गरिएको हो ।