काठमाण्डौ,३० असार ।
नेपालमा कोरोना भाइरसको संक्रमण फेरी तीव्र गतिमा फैलिन थालेको छ । दिनदिनै संक्रमण दर बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ८४४ जनाको नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा एक हजार १७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा थप ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।