काठमाण्डौ,२९ असार ।
नेपालमा बुधबार थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २०६ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय निको हुनेभन्दा थपिने संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
२४ घण्टामा ४५ जना संक्रमित निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा थप ६३ हजार ३८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।






