काठमाण्डाै,२२ असार । सरकारले यहीँ असार २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिएकाे छ ।
२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालकायका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिए ।







