काठमाण्डाै,२१ असार । नेपालमा कोरोना भाइरसकाे संक्रमण दर फेरि बढ्न थालेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरसकाे संक्रमण दर बढ्न थालेसँगै नेपालमा पनि नेपालमा कोरोना भाइरसकाे संक्रमण दर बढ्न थालेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको संक्रमण दरका कारण सक्रिय संक्रमितको संख्या पनि बढेको हो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरेकोमा झन्डै तीन प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जना काेराेना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।






