रामेछाप,२१ असार ।
रामेछापमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापति गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते २४ जनालाई धुलीखेल पठाइएको रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङ जानकारी दिए ।
दुर्घटना स्थलमा अहिले उद्धार कार्य जारी रहेको उनले बताए ।






