काठमाण्डाै,२१ असार । आज देशका पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएकोले पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको उनलेे बताए ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, प्रदेश-१ र मधेस प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताए ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ भने वाग्मती, प्रदेश १ र मधेस प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ ।