चितवन,५ जेठ ।
चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्डमा सवारी आवागमन सुचारू भएको छ ।
सडकमा खसेको पहिरो हटाएपछि अवरुद्ध सडक सुचारू भएको प्रहरीले जनाएको छ ।
सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण रातीदेखि रोकिएका सवारी साधन संचालमा आएसँगै सडकमा सवारीसाधनको चाप बढेको छ ।






