काठमाण्डाै,१७ बैशाख । निर्वाचन आयोगले पालिका तह चुनावमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनलेे अहिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म चुनावका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
हिजो (शुक्रबार) पालिका तह चुनावका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । पालिका तह चुनावको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।






