काठमाडौ,१४ बैशाख ।
सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ ।
जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार
सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारले जेठ १ गतेदेखिनै लागू हुनेगरी कार्यालय समय पनि हेरफेर गरेको छ । जस अनुसार बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए ।






