काठमाण्डौ,६ बैशाख ।
उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ ।
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको हो ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त निर्णय गरेको हो ।
निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।






