काठमाण्डाै,२९ चैत ।
स्थानीय तह चुनावमा सेना परिचालन हुने भएको छ ।
आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकि हुन् । स्थानीय तहको चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीबाट सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गएकाे चैत १७ गते बसेकाे राष्ट्रिय सुरक्षा परिषद्काे सिफारिस, २४ गतेकाे मन्त्रिपरिषद्काे निर्णय र २४ गतेकाे प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसअनुसार राष्ट्रपति भण्डारीले स्थानीय तहको चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकाे विज्ञप्तिमा जनाइएको छ ।