काठमाडौँ, २४ चैत । नेपाल मगर संघकाे १२ औं राष्ट्रिय महाधिवेशनकाे पुर्वसन्ध्यामा संघको वर्तमान कार्यसमितिका अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, विदेश विभाग सचिव रक्षा रैकामगर र सङ्गठन सचिव जगत् रेस्मीमगर लगायतका बिरूद्व मुद्दा परेको छ ।
यही चैत्र २५ देखि २७ गतेसम्म दाङको घोराहीमा हुन लागेको १२ औँ राष्ट्रिय महाधिवेशन बिधान मिचेर गर्न लागेको दाबी गर्दै संघका संघका छ वटा जिल्ला समन्वय समितिहरू र एक भातृसङ्गठनले उनिहरू बिरूद्व आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा एक मुद्दा दायर गरेका हुन् ।
संघको विधानअनुसार ठिक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि अध्यक्ष, महासचिव र विदेशविभाग सचिवले पदमा टिकिरहने र संस्थामा आर्थिक चलखेल गरिराख्ने प्रपञ्च गरेको भन्दै उनिहरूले चार पटक महाधिवेशन तोकेता पनि उनिहरूले विभिन्न कारण देखाउँदै महाधिवेशन नगरेकाेर महाधिवेशनकाे लागि गर्नुपर्ने तयारीमा कुनै चासो नदेखिएको आराेप लगाइएको छ ।
संघको महाधिवेशनै नगरी संस्थाको पदमा टाँसिइरहनु विधानविपरीतको कार्य हो भन्दै अध्यक्ष लगायतका पदाधिकारीहरूले गाउँपालिका/नगरपालिका प्रतिनिधिहरूलाई अधिकारबाट बञ्चित गराउने षड्यन्त्र रचेकाे निवेदनमा उल्लेख छ ।
गत माघ १८ गते सङ्गठन सचिव जगत् रेश्मी संयोजक, विदेश सचिव रक्षा रैका सदस्य सचिव सहित टेक नाम्जाली, खगेन्द्र पुन, कमल थापा लगायत ७ जना सदस्य रहने गरी गाउँपालिका/नगरपालिकाका प्रतिनिधि अनुगमन टोली गठन गरे तापनि यी कुनै निकायमा अनुगमन नगरेको नगर समन्वय समितिहरूकाे दाबी छ ।
महाधिवेशन प्रतिनिधि आफ्नो पार्टी निकटका प्रतिनिधि आउनु पर्ने ठाउँमा अरू पार्टीका प्रतिनिधि आएपछि उनीहरूलाई नक्कली प्रतिनिधि भनेर गाउँपालिका/नगरपालिकाबाट आउन प्रतिनिधिलाई बञ्चित गर्ने कार्य गरेकाे आराेप लगाएका छन् ।
त्यसको मूल कारण नै गाउँपालिका/नगरपालिकाबाट प्रतिनिधि आउँदा ज्ञानेन्द्र पुनले चुनाव हार्ने भन्ने डर भएको निवेदनमा उल्लेख छ ।। नवीन रोकामगर र ज्ञानेन्द्र पुनको मिलेमतोमा ज्ञानेन्द्र पुन जसरी पनि अध्यक्ष हुनैपर्ने भन्ने हठ, षड्यन्त्र र विधान मिच्ने गलत कार्यका कारण यिनीहरूमाथि यस्तो मुद्दा आइलागेको हो ।
आजै मात्र केही जिल्लाबाट नेपाल मगर संघको १२ महाधिवेशनप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति आएका छन् भने धेरै मगरहरुबाट सो महाधिवेशनप्रति कडा रुपले भर्त्सना गरिएको छ । यस्ता विज्ञप्ति र भर्त्सना विभिन्न जिल्ला र विदेशमा रहेका शाखाहरुबाट पनि आउने क्रम बढ्दो छ ।
चैत १८ गते पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालका प्रथम सहिद क्या लखन थापा मगर नभई बलदेब शाह (बाकाबिर) रहेको अवाञ्छित अभिव्यक्ति दिएर सहिदको अपमान र मगर समुदाय माथि ठाडो प्रहार गर्दा समेत नेपाल मगर संघले कायरता पुर्वक लज्जास्पद प्रेष विज्ञप्ति जारी गरी उल्टै केपी ओलीलाइ सघाउन मद्दत गरेकाे बताइएको छ । 







