काठमाण्डाै,१२ चैत । आज विश्व नेवाः दिवस बिबिध कार्यक्रम गरि नाइँदैछ ।

नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ।

सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवा: सँग सम्बन्धित संघसंस्थाले यो दिवस मनाउने गर्छन् ।

काठमाण्डौ उपत्यकामा नेवार समुदायको धेरै बसोबास भएकाले यहाँ अझ धेरै कार्यक्रमहरु हुने गरेका छन् । वल्र्ड नेवा अर्गनाइजेशनले काठमाण्डौमा र्याली गर्दैछ ।