काठमाडौं,९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिक्त रहेको तरुण दल र नेविसंघको केन्द्रीय अध्यक्ष नियक्त गरेका छन् ।
फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्मपादन समितिको बैठकको निर्णय अनुसार सभापति देउवाले रिक्त रहेको भ्रातृ संस्था तरुण दलको केन्द्रीय अध्यक्षमा विद्धान गुरुङ र नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।