काठमाडौं,८ चैत । नेपालमा मंगलबार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९५ पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४८१ जना काेराेना संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ९ लाख ६३ हजार ५९२ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ९५१ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






