काठमाण्डाै,६ चैत । जबरजस्ती करणी मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिएकाे आराेपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

अभिनेता पल शाह बिरूद्वकाे जबरजस्ती करणी मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिएकाे आराेपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको हो ।
सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

वाइबालाई चितवनबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।