काठमाडौं,५ चैत । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अन्यत्र जेभए पनि गुल्मीमा सत्तारूढ दलबीच चुनावी गठवन्धन हुने बताएकी छन् ।
नेकपा एकीकृत समाजवादी गुल्मी काठमाडौ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंकाे बुद्वनगरमा आयाेजित भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले स्थानीय तह,प्रदेश र संघीय तिनै तहकाे निर्वाचनमा पाँच दलीय गठवन्धन मिलेर जाने वताउदै अन्यत्र जे भए पनि गुल्मी जिल्लामा गठवन्धन हुने दाबी गरेकी हुन् ।

एकीकृत समाजवादी पार्टीको सचिव समेत रहेकी नेतृ झाँक्रीले देशभर नै निर्वाचनमा गठवन्धन कायम रहने बताउदै उनलेे यदी ७६ जिल्लामा गठवन्धन नभए पनि गुल्मी जिल्लाभर गठवन्धन हुने उनकाे दावी छ ।
गुल्मीमा नेपाली कांग्रेस,माओवादी केन्द्र लगायत गठवन्धनका नेताहरूसगँ छलफल,सवांद चलिरहेको भन्दै उनलेे गठवन्धन गररै अगाडि वढने सहमति भएको वताईन ।
राजनीतिमा लामो समय सक्रिय रहेपनि विभिन्न प्राविधिक कारणले गुल्मीको भुगाेलमा समय दिन नपाएकाेप्रति दुख व्यक्त गदै मन्त्री झाँक्रीले अहिले गुल्मीको भुगाेलमा काम गर्ने वातावरण निर्माण भएकाले त्यहाँका जनताको विकासमा आफ्नो ध्यान केन्द्रीत भएको वताईन ।
गुल्मेली जनताले आफ्नो अमुल्य मत दिएर पटकपटक जिताएका नेताहरूले गफ धेरै गर्ने काम कम गर्ने परिपाटीको अत्य गर्दै गुल्मीको विकासमा केही देखिने गरि आफुले काम अगाडि वढाएकाे उनको भनाइ थियो । उनलेे खडग प्रसाद वलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद पटकपटक विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई जनताले पराजित गरिदिने विश्वास ब्यक्त गरिन् ।