काठमाण्डाै,१ चैत । चिट्ठा परेको भन्दै २९ लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भइ भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेका छन् ।
पीडितको जाहेरीका आधारमा उनलाई हिजाे पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिले २९ लाख रुपैयाँ गुमाउन परेको हो । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो ।

९० लाख रुपैयाँ पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख रुपैयाँ जम्मा गरेपछि पीडितले ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

­