काठमाण्डाै,३० फागुन । सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

ना ३ ख ७४९० नम्बरको टिपर हिजो बेलुका सवा ८ बजे अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको मृत्युु भएको हो ।

घाइते २४ जनामध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुला र बेहुली अर्कै गाडीमा भएकाले उनीहरु सुरक्षित रहेकाे पनि प्रहरीले जनाएको छ ।

­