काठमाण्डाै,२८ फागुन । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्युु भएको छ ।
जिल्लाकाे इच्छाकानमा गाउँपालिका-२ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन गुरुङ र उनका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङ रहेका छन् ।
उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






