काठमाडौं,२७ फागुन । नेपालमा शुक्रबार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ७४१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्‍यु भएको छ ।

नेपालमा हालसम्म ९ लाख ६० हजार ६६८ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ९५० जना संक्रमितको मृत्‍यु भएको छ ।

हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।