काठमाण्डाै,२६ फागुन ।
नेपालमा बिहीबार थप एक सय १२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साेही अवधिमा थप चार सय २९ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म नौ लाख ६० हजार चार सय ९७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

हाल देशभर पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

­लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।