काठमाडौं,२५ फागुन ।
नेपालमा बुधबार थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षण गर्दा १५६ जना गरी २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।