काठमाण्डौ,२४ फागुन ।
नेपालमा मंगलबार थ्प एक सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८४ जना कोरोना संक्रमित निको भएका छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५९ हजार आठ सय १७ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार नौ सय ४९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ६ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।