काठमाण्डाै,२३ फागुन । ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला परेका छन भने अर्का एक जना भने बेहोस अवस्थामा भेटिएका छन्।
ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका-४ नल्लुकी काइली स्याङ्तान, उनकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको मृत्युु भएको ललितपुर प्रहरीले जनाएको छ ।
बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले पनि घटना के कारणले भयो भन्नेबारे अहिलेसम्म केही थाहा हुन नसकेको बताए ।






