अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य
बुटवल,५ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासन कार्यालयले आज एक सुचना जारी गरि अर्को सूचना नभए सम्मको लाग अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको जनाएको हो ।
शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नविकरण, पेन्सन सिफारीस/प्रमाणित, नाबालक परिचय पत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभए सम्मको लागी स्थगन गरेको सुचनाकम जनाइएको छ । प्रमुख जिल्ल अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको जनाइएको छ ।
कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने भएकोले कार्यालय बन्द गरेको प्रजिअ तिवारीले जानकारी दिए ।







