बुटवल,३ माघ ।
बुटवल स्थित यातायात व्यवस्था कार्यालय (सवारी) चार दिनको लागि बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड संक्रमण भएको र अधिकाँसमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयले जनाएको छ ।

कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंसिक मात्र सञ्चालन हुने गौतमद्वा जारी विज्ञप्तिमा जनाइएको छ ।