बुटवल,१ माघ । कोभिड-१९ संक्रमणको तेस्रो लहरमा शिर्ष नेताहरुनै संक्रमित भएका छन् । पहिलो र दोस्रो लहरको संक्रमणको तुलनमा तेस्रो लहरमा ठूला दलका शिर्ष नेताहरुमा संक्रमण पुष्टि भएको हो । यसै क्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । उनले शनिबार सामाजिक सञ्जाल मार्फत आफू संक्रमित भएको जनाएका हुन् ।
‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’ उनले फेसबुकमा लेखेका छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नारायणकाजी श्रेष्ठ,नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल,एमाले महासचिव शंकर पोखरेल लगाएत संक्रमित भइसकेका छन् ।






