बुटवल,२४ पुस ।
रूपन्देहीकाे नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल भित्रीएका ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
सीमा नाका बेलहियामा स्थापना भएको हेल्थ डेस्कका डाक्टर अरुण खरेलका अनुसार आज नेपाल भित्रिएका ४०५ जना यात्रुहरुको एन्टिजेन बिधिबाट कोभिड परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
उनले पोजिटिभ केसहरुका जिन सिक्वेन्सिङको लागी स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको बताए । अहिले सम्म आईसोलेसनको ब्यवस्था नभएकोले सबैलाई घरमै होम आईसोलेसनमा राखिएको खरेलले बताए ।
यसैबीच सीमा नाका बेलहियाबाट नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनिहरू सवार पर्यटक बसलाई फिर्ता पठाईएको छ । भारत महाराष्ट्रबाट नेपाल भ्रमणका लागी आउदै गरेको बसका चालकलाई सीमामा एन्टिजेन परिक्षण गर्दा संक्रमढ पुष्टि भएपछि बसलाईनै फिर्ता पठाइएको छ ।
बसमा रहेका यात्रीहरु मध्ये ३ जनाको नमूना संकलन गर्दा चालक संक्रमित देखिए पछि बसलाई नै फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नविन पौडलले जानकारी दिए ।
यस्तै नेपाल घुम्न आउदै गरेका अर्को टोलीमा पनि एन्टिजेन परिक्षण गर्दा ७ जनामा काेराेना संक्रमण देखिएपछि टोलीमा रहेका २१ जनालाई फिर्ता पठाईएको पौडेलले बताए ।






