बुटवल,२३ कार्तिक ।
रुपन्देहीको कञ्चनमा पिकअप भ्यान र अटो एक आपसमा ठक्कर खाँदा अटो चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा कञ्चन गाउपालिका वडा नं. ४ छपालीटोल बस्ने सन्त बहादुर श्रीस रहेका छन् ।
जिल्लाको लुम्बिनी– फायरलाइन सडक खण्ड अन्तर्गत थकालीचौक देखि हरैया तर्फ जादै गरेको लु १ ज ३५४१ नम्वरको पिकअप भ्यानले धौलागिरीचौक देखि थकालीचौक तर्फ आउदै गरेको लु १ ह ३६७४ नम्वरको अटोलाई ठक्कर दिदा अटो चालक सन्त बहादुर श्रीसको छातीमा गम्भिर चोट लागेर सख्त घाइते भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ ।
घाईते श्रीसको बुटवल कालिकानगरस्थित चौराह अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।
दुर्घटनाग्रस्त अटो तथा पिकअप भ्यान र भ्यानका चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. ११ मुर्गिया बस्ने पदम परियार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






