काठमाडौं,२३ कार्तिक ।
नेपालमा मंगलबार थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ भने १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।

नेपालमा हालसम्म ७ लाख ९६ हजार ३०६ जना कोरोना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ११८, ललितपुरमा ३८ जना र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मोरङमा ४२,रुपन्देहीमा २९, झापामा २२, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।