बुटवल,२२ कार्तिक ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा भएको आगलागि नियन्त्रणमा आएको छ ।
तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागि पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
आगलागिबाट स्थानिय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको केसीले बताए ।
सडक पीच गर्ने क्रममा सोमबार साँझ अलकत्रा बोकेको गाडीमा लागेको आगो फैलिएर घरमा आगलागी भएकोे थियो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।






