बुटवल,२२ कार्तिक ।
समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ ।
सोमवार वुटवलमा आयोजित समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो । कमिटीको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् ।
संगठनको सचिवमा पुनहरी वेल्वासे र सहसचिवमा कृष्ण रणपाल चयन भएका छन् । वैठकले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटी संयोजक शिव सुवेदीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा वसेको वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा.बालकृष्ण चापागाईंको प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडे लगायतको सहभागीता रहेको थियो । वैठकलाई सम्बोधन गर्दै पार्टी लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डा.चापागाईंले समाजवादी प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशको रुपन्देहीबाट संगठन विस्तारको क्रम अभियानको रुपमा थालनी गरिएको बताउंदै लुम्बिनी प्रदेशका सवै जिल्लामा छिट्टै कमिटी निमार्ण गरिने बताए ।
साथै उनले समाजवादी प्रेस सगंठनले श्रमजीवी पत्रकारहरुको नेतृत्व गर्ने समेत दावी गरे । यस्तै लुम्बिनी प्रदेश संयोजक शिव सुवेदीले संविधान तथा अभिब्यक्ति स्वतन्त्रता पक्षधर श्रमजीवी पत्रकारहरुलाई एकीकृत गदै संगंठन निमार्ण गर्ने संगंठनको प्रमुख उद्देश्य रहेको बताए ।







