सोलुखुम्बु,२२ कार्तिक ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ ।

तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले सोमबार दिउसो उनिहरुको शव फेला पारेको पर्यटक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए । नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार गर्न सकेको थिएन ।

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको जनाइएको छ । उद्धार गरीएको शव अहिले लुक्लामा राखिएको छ ।

ती शव पोस्टमार्टमका लागि काठमाडौ लैजाने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ९ कात्तिकदेखि नै बेपत्ता थिए ।