काठमाडौं,२२ कार्तिक ।
नेपालमा सोमबार थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६०६ पीसीआर परीक्षण गर्दा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षण गर्दा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना संक्रमित निको भएका छन भने ५ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको मन्त्रालयले जनाएको छ ।