दाङ,२२ कार्तिक ।
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देब बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेको र खोजी कार्य जारी रहेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्ले जानकारी दिए ।

आफुहरु पुगेर उद्धारमा जुटेको र ११ जना घाइतेलाई उपचारका लागि तुलसीपुर तर्फ पठाएको उनले बताए ।