सल्यान,२१ कार्तिक । सल्यानमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
दुर्घटनामा यसअघि आठ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।
मृतकहरूकाे हालसम्म सनाखत भएको छैन ।
सल्यानको जयत पानीबाट दाङको तुलसीपुरतर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो ।

दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस आज बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइएकाे प्रहरीले जनाएको छ।