दाङ,२१ कार्तिक । युवाहरुको एक समूहकाे कुटपिटबाट दाङमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगर रहेका छन् ।
उनको युवाहरूको एक समुहले लाठी र धारिलो हतियारले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका-४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए ।

पुन र डाँगीमाथि आक्रमण गर्नेमा तुलसीपुर-४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगर रहेको प्रहरीले जनाएको छ ।

पुरानो रिसिइबीका कारण उनिहरूमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको प्रहरीले जनाएको छ ।