सल्यान,२१ कार्तिक । सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानको जयत पानीबाट दाङको तुलसीपुरतर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस
सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार कपुरकोट गाउपालिका–५ खारखोलामा दुर्घटना भएको हो ।
दुलधारा, खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस आज बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटना भएको जनाइएको छ ।
घाइतेहरुको उद्धार गरेर उपचारका लागि श्रीनगर र केहीलाई तुलसीपुर पठाइँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयद्वारा उद्धार जारी रहेको छ ।









