दाङ,२१ कार्तिक । दाङमा श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाकाे गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।