राेल्पा,१९ कार्तिक ।
रोल्पा जिल्लामा पहिलोपटक अक्सिजन पलान्ट स्थापना भएको छ ।
रोल्पा अस्पताल रोल्पामा स्थापना गरिएको अक्सिजन पलान्टको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गरेका हुन् ।
अक्सिजन प्लान्टकाे उद्घाटन गर्दै मुख्यमन्त्री केसीले अक्सिजन प्लान्ट स्थापनाले अक्सिजनकाे अभावमा मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बिचार ब्यक्त गरे ।
उनले भने–“हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ ।
रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने व्यवस्था प्रदेश सरकारले गरेको बताए ।
मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाईप्रति चासो राख्दै निर्माण व्यवसायीलाई छिटो काम गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
मुख्यमन्त्री केसीले स्वास्थ्यक्षेत्रको समस्या हल गर्न प्रदेश सरकारकाे पहिलो प्राथमिकता भएको भन्दै अस्पताल निर्माणको काम तत्काल थाल्न निर्देशन दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामाअक्सिजन जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने विस्वास व्यक्त गरे ।
रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदान गर्न समेत उनलेे आग्रह गरे ।
रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तिको समस्यालाई हल गर्न १०० केभिएको जेनेटर प्रदान गरेको जानकारी गराए । साथै रोल्पा जिल्ला अस्पतालाई रोल्पा नगरपालिकाले स्वाथ्य सामाग्रीहरु प्रदान गरेको उनलेे बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पपाका कार्यवहाक प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा (माओवादी केन्द्र) रोल्पाकाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख होमनाथ भट्टराई, अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान प्रमुख लगागायतको आतिथ्यता रहेको थियो ।
रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रम रोल्पा अस्पतालका सि.अ.हे.व. कुलबहादुर डाँगीकाे सञ्चालन र रोल्पा अस्पतालका निमित्त प्रमुख प्रकाश बुढामगरकाे स्वागत मन्तब्यबाट सुरु भएको थियो ।






