काठमाडौं,१९ कार्तिक । नेपालमा शुक्रबार थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६४९ जना कोरोना संक्रमित निको भएका छन् भने २ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ९४ हजार ४३८ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ४३८ जना संक्रमितको मृत्युु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेकाे छ । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२ जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।






