काठमाण्डाै,९ कार्तिक । नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट दिउँसाे १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । बाढी प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गरिने उनले बताए ।
धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले पर्सि स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।





