बुटवल,८ कार्तिक ।
बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाले आफनो स्थापना दिवशको अवसरमा सोमवार कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीले सामाजिक उत्तरदायीत्व अन्र्तगत हरेक वर्ष गदै आएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्त्रता दिएको अध्यक्ष लक्षमण आर्चाय क्षेत्रीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन ।
सहकारीका शेयर सदस्यहरुले मानविय सेवालाई ध्यानमा राखेर रक्तदानमा सहभागिता जनाएको कार्यक्रम संयोजक राजु गुरुङले बताए ।
कार्यक्रममा रक्त संचार केन्द्र बुटवलको प्राविधिक टोलीले सहजिकरण गरेको थियो । सहकारीले आईतवार निलकण्ठ बावा धाम बुटवलमा रहेका गुरुकुलहरुलाई भान्सामा प्रयोग हुने खाद्यान्य प्रदान गरेको थियो ।





