बुटवल,८ कार्तिक । गुल्मीको धुर्कोट गांउपालिकाले पुर्ण अशक्त तथा शारिरिक रुपमा अपाङगता भएका आफ्ना नगरिकहरुलाई घर घरमै पुगेर परिचय पत्र वितरण गर्दै आएको छ ।
यसैक्रममा धुर्कोट गाउपालिका वडा न २ पिपलधाराकी अनिता खड्कालाई घरमै पुगेर परिचय प्रदान गरिएको छ ।
लामो समयदेखि स्वास्थ्य उपचारमै रहेकी खड्कालाई पालिकाका उपाध्यक्ष शिव केसी नेतृत्वको टोलीले घरमै पुगेर सेवा प्रदान गरेको हो ।
आफै हिडडुल गर्न नसक्ने शारिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई दैलोमै सेवा उपलब्ध गराउने उदेश्यका साथ घरमै पुगेर परिचय वितरण गरेको उपाध्यक्ष केसीले जानकारी दिए । उनका अनुशार अनितालाई क वर्गको परिचय पत्र प्रदान गरिएको छ ।

घरमै पुगेर कागजात लिने देखि घरमै परिचय पत्र उपलब्ध गराएकोमा अनिताका श्रीमान विनोद खड्काले आभार प्रकट गरे ।
सो अवसरमा वडा अध्यक्ष नवि जिसी, नेपाली का्रग्रेसका वडा सभापती घन वहादुर खड्का लगायतको सहभागिता रहेको थियो । परिचय पत्र पाएसंगै अव उनले सरकारले तोकेका विभिन्न सुविधा पाउने छिन् ।