काठमाण्डाै,८ कार्तिक । आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने माैसमविदले बताएका छन् ।
पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ ।
केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् बासीले बताइन् । उनकाअनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ ।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।
यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।






