बुटवल,७ कार्तिक ।
बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले निलकण्ठ बावा धाममा संचालित गुरुकुल आश्रमलाई भान्सामा आवश्यक पर्ने खाद्यान्य सामाग्री प्रदान गरेको छ ।
कोभिडको माहामारीसंगै धाममा भक्तजनहरुको आवागमन बन्द हुदां आर्थिक संकलन समेत प्रभावित भएकोले धाममा रहेका गुरुकुलहरुलाई खानाको व्यवस्थापनमा समस्या परेको महशुष गरि सहकारीले भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्य सामाग्री प्रदान गरेको सहकारीका अध्यक्ष लक्षमण आर्चाय क्षेत्रीले जानकारी दिए ।
सहकारीका सदस्य राजु गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले यस क्षेत्रका विभिन्न आश्रम, मठ मन्दीर, लगायतका स्थानको अवलोकन गरि सबै भन्दा बढी समस्या रहेको निलकण्ठ बावा धामलाई छनौट गरि राहात सामाग्री प्रदान गरेको अध्यक्ष क्षेत्रीले बताए ।
राहात सामाग्री ग्रहण गदै निलकण्ठ बावा धामका उपाध्यक्ष चुरामणी पौडेलले सहकारीले धामलाई उपयुक्त स्थल छानी खाद्यान्य सामाग्री उपलब्ध गराएकोमा आभार प्रकट गरे ।
उनलेे गुरुकुल आश्रममा धेरै समस्या रहेकोमा स्थानिय सरकारले ध्यान दिन जरुरी रहेकोतर्फ नागरिक समाजहरुले दवाव दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष दोल राज पाण्डे, कार्यक्रम संयोजक राजु गुरुङ लगायतले धाममा आएर जन्म दिन, म्यारिज एनिभरसरी लगायतका अवसरहरु मनाउन र सहयोग गर्न आग्रह गरे ।
सहकारीले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोही रक्तदान गर्न ईच्छुकहरुलाई सहकारीले विहान ८ वजे सहकारीकाे कार्यालय बुटवल विसक्याममा आउन आह्वान समेग गरेको छ ।





