काठमाण्डौ,७ कार्तिक । नेपालमा आइतबार थप ५५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट गरेको परीक्षणमा ५२२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जना गरि ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी सात हजार ६२५ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना काेराेना संक्रमित निकाे भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म सात लाख ८७ हजार ५०७ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ३४८ जनाको मृत्यु भएको छ ।

अहिले देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७३ जनाको आईसीयू र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।