बुटवल,७ कार्तिक ।
रिक्सा मजदुर तथा व्यवसायीहरूले बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
रिक्सा व्यवस्थापनकाे माग गर्दै उनिहरूले नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।
मजदुरहरूकाे घेराउका कारण नगरपालिकाकाे कामकाज समेत प्रभावित भएको छ ।
नगरपालिकाकाे गेटमा धर्ना दिएका कारण नगरपालिकाका कर्मचारी तथा सेवाग्राहीहरू आवतजावत गर्न पाएका छैनन् भने हाटबजार क्षेत्रको आवागमन अवरुद्ध भएको छ ।
सञ्चालन अनुमति नपाएका रिक्साहरू पनि बुटवलमा यत्रतत्र चलिरहेका कारण दर्ता भएका रिक्सा चालक तथा व्यवसायी मर्कामा परेको भन्दै नगरपालिकामा दर्ता नभएका रिक्सा चल्न राेक लगाउनुपर्ने उनिहरूकाे माग छ ।






